जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

 मंसिर २१, २०७८ मंगलबार ११:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ ।

भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया