प्रधानन्यायाधीशलाई महाअभियाेग लगाउन एमालेकाे सहयाेग चाहिएकाे छ : बार एसाेसिएशन

 मंसिर २१, २०७८ मंगलबार १५:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनको टोली एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बाल्कोट पुगेको छ । 

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीलाई भेट्न बारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी बालकोट पुगेका हुन् । उनीहरूले सर्वाेच्चमा देखिएका समस्या र आफूहरूको मागबारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका छन् ।

भेटमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले महाअभियोगका बारेमा सत्तापक्ष दल सकारात्मक देखिएका भन्दै एमालेको सहयोग चाहिएको बताउनुभएको छ । 

यस्तै भेटमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको छ ।

नेपाल बार एसोसिएशनसहित देशभरका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया