कांग्रेस अब पनि नसुध्रिए सिद्धिन्छ : गगन थापा

 मंसिर २१, २०७८ मंगलबार १८:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । उहाँले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताको भविष्य पनि समाप्त हुने बताउनुभयो ।

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ कि भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताकाे बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम नागरिकले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताउनुभयो । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कसले बिगार्‍याे कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? काँग्रेस सुध्रियाे भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ । कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकाले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । हामी नौ लाख पार्टीका कार्यकर्ता छौँ । हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो । नेपाली कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामी नौ लाख मान्छेलाई कांग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा कांग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको आवश्यकताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ, नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’

नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताउनुभयो । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकलाई जोडिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया