साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनल पुग्ने यस्तो छ समीकरण

 भदौ २३, २०७५ शनिबार ८:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिप फुटबल अन्तरगत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । 

समूह चरणको अन्तिम खेल अन्र्तगत नेपाल र घरेलु टोली बंगलादेशको खेल नेपाली समय अनुसार राति पौने ७ बजे बंगबन्धु रंगशालामा हुने छ । आजको खेलमा नेपालले कम्तीमा जित निकाल्न सके अर्को चरणमा प्रवेश गर्ने छ । तर त्यसअघि पाकिस्तान र भुटानको खेलको नतिजाले पनि प्रभाव पार्ने छ । पाकिस्तानले भुटानलाई पराजित गरेमा नेपाललाई जित्नै पर्ने दबाब हुँदा बंगलादेशले बराबरी गरे मात्रै पुग्ने छ ।  

समूह चरणको दुई खेलबाट नेपाल र पाकिस्तानले ३–३ अंक जोडेका छन् भने बंगलादेशले २ खेलमै जित निकाल्दै ६ अंक जोडिसकेको छ ।

यदि भुटानको पक्षमा नतिजा आए  वा बराबरी भए नेपाललाई फाइदा हुनेछ । यस्तो अवस्थामा पाकिस्तान र नेपाल चार अंक हुनेछ  । र गोलअन्तरको आधारमा सेमिफाइनलमा पुग्नेछ । पाकिस्तानले जिते नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब हुनेछ ।

नेपाल र बंगलादेश अहिले सम्म २१ पटक भिडेकोमा नेपालले ६ पटक मात्रै जित निकाल्न सकेको छ । बंगलादेशले १२ खेलमा जित हात पार्दा ३ खेल बराबरी भएको छ । भने १ खेल बराबरी भएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया