गुल्मीका किसानले वन्यजन्तुबाट भएको क्षतिको राहत डेढ वर्षसम्म पन...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – बैंक खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् ।
जग्गा प्लानिङ गर्न तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको तर खातामा पैसा नभएको चेक दिने लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो । उनले आफू बेलायती सेनाबाट अवकाश पाएको व्यक्ति भएको तथा महाराजगञ्जमा ब्युटी पार्लर रहेको र अब जग्गा प्लानिङ गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए । तर आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख रुपैयाँको चेक दिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सन्दीप गुरुङले अरु व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।