सभापतिको दौडबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

 मंसिर २३, २०७८ बिहिबार १०:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ ।

काठमाण्डौको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उहाँले आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको हो ।

पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ ।

पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उहाँले बताउनु भएको छ ।

कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कृष्णप्रसाद भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया