अब कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सक्ने

 मंसिर २३, २०७८ बिहीबार १३:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएकाे छ । 

नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात  गर्नुभएको हाे । 

उहाँले महाशाखाकाे सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्ताे व्यवस्था ल्याइएकाे बताउनु भयाे । 

यसअघि कारबाहीमा परेका चालकले २४ घण्टे पुर्जीबापत नियमानुसार जरिबाना तिर्नुपर्ने व्यवस्था  थियाे । 

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएकाे बताउनु भएकाे छ । उहाँले चिट काटेपछि जरिबाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरेर थप सहज बनाउन यस प्रणालीको सुरु गरिएकाे बताउनु भयाे । 

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरिएकाे यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ ।

जाँडरक्सी खाएर गाडी चलाएको, लेन अनुशासन पालना नगरेको र राति बत्ती उल्लङ्घन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सक्नेछन् । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया