अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर पर्ने ...
माघ २१, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।
दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरु पुग्ने क्रम चलिरहेको छ। कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता आउने क्रम बढिरहेको छ । भृकुटीमण्डप आसपासका क्षेत्रमा चाप बढेको छ ।
भीड बढेपछि प्रदर्शनी मार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ । राष्ट्रिय सभागृहबाट र पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक परे आसपासका अरु ठाउँमा समेत डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज चाप व्यवस्थापनका लागि मात्रै तीन सय ५० जना भन्दा धेरै ट्राफिक प्रहरी खटिएका छन् । झण्डा राखिएका गाडी, पार्टी अध्यक्ष र विदेशी पर्यवेक्षकका गाडीका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ ।
अन्य भीआईपीका गाडी राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका गाडी खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्व भाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्रमा राख्न थालिएको छ । यस्तै, महाधिवेशनलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा आवश्यकता अनुसार सुरक्षा सतर्कता बढाएको छ ।
कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश गर्ने नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।