काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डीभीलीयर्सले अर्को वर्ष पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।
केही महिना पहिला अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका डीभीलीयर्सले ट्वीट गर्दै ‘यो पाकिस्तान सुपर लिग पीएसएलको समय हो । त्यसैले फेब्रुअरीमा पार्टी हुन्छ ।’
डीभीलीयर्सले ट्वीट गरे पनि उनी कुन टिमबाट खेल्ने अझै टुंगो भने लागेको छैन ।
पीएसएलको आधिकारिक ट्वीट ह्याण्डलबाट पनि उनी प्रतियोगिता खेल्ने पुष्टि भएको छ । ट्वीटमा भनिएको छ, ‘दक्षिण अफ्रिकाका महान ब्याट्सम्यान अब पीएसएलमा सहभागी भएका छन्, उनलाई हार्दिक स्वागत छ।’
३४ बर्षीय डीभीलीयर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी–२० खेलेका छन् ।
उनी आर्इपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरबाट पनि खेलेका थिए । आईपीएलमा १४१ म्याच खेलेका डीभीलीयर्सले ३ हजार ९सय ५३ रन बनाएका छन् । जसमा तीन शतक र २८ अर्धसतक पनि प्रहार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।