कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा निराश

 मंसिर २७, २०७८ सोमबार ९:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने  ढिलाइ भइरहेको  छ ।

प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् ।

बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् ।

मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया