काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा आज साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा भन्दा एक परिवर्तन गरेका छन् । उनले मिडफिल्डर विशाल राईको स्थानमा भरत खवासलाई सरुआती ११ मा राखेका छन् । त्यस्तै अञ्जन विष्टको स्थानमा निराजन खड्का सुरुआती सेटमा परेका छन् । भुटानविरुद्धको खेलमा यी दुवैले सब्स्टिच्युट खेलाडीका रुपमा आएर प्रभावशाली प्रदर्शन गरेका थिए ।
टोलीका नियमित कप्तान बिराज महर्जन र अनुभवी स्ट्राइकर नवयुग श्रेष्ठलाई आज पनि बेञ्चमा राखिएको छ । पाकिस्तानबिरुद्धको पहिलो खेलमा भने यी दुईले प्लेइङ सेटमा रहेर खेलेका थिए । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् ।
बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीमा किरण चेम्जोङ, गोलरक्षक (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, आदित्य चौधरी सुजल श्रेष्ठ, रोहित चन्द, निराजन खड्का, सुनील बल, बिमल घर्तीमगर र भरत खवास रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डिल्ली प्रसाद ढकाल
Sept. 8, 2018, 4:54 p.m.राम्रो छनाेट गर्नुभएछ सफलताको शुभकामना नेपाली टिमलाई ।