साथीहरुको सल्लाहले देउवालाई नै समर्थन गर्ने निर्णय गर्याैँ – कल्याण गुरुङ

 मंसिर २८, २०७८ मंगलबार १३:०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कांग्रेस सभापति चुनावको पहिलो चरणमा पाँचौँ भएका नेता कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।

पहिलो चरणको मत गणना पछि भएको छलफलमा देउवालाई समर्थन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धालाई सहमतिको वातावरण निर्माण गर्न देउवालाई समर्थन गर्ने निर्णय गरेका हौँ,’ गुरुङले भन्नुभयो– ‘साथीहरुले पनि देउवालाई नै समर्थन गर्ने बताए ।’ पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याउनु भएको थियो ।

देउवालाई नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सहयोग गर्ने भए पछि कोइराला भने अफ्ठ्यारोमा पर्नु भएको छ । उहाँले दोस्रो चरणको चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्ने बताउनु भएको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया