खोटाङमा धान उत्पादनमा ४ हजार ६ सय मेट्रिक टनले कमी आयाे

 मंसिर २८, २०७८ मंगलबार २०:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – बेमौसमी वर्षा र हावाहुरीका कारण यस वर्ष खोटाङमा धान उत्पादन घटेको छ । 

गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गएकाे वर्षको तुलनामा खाेटाङमा चार हजार ६ सय ४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गएकाे वर्ष २९ हजार सात सय ९५ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा याे वर्ष २५ हजार एक सय ५२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।  

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खाेटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती लगाउने गरिएको छ । 

ढलेका धानको बोट कुहिएपछि परालको उत्पादनमा समेत कमी आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका किसान ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया