वाग्मतीमा तेस्राे पटक मन्त्रिपरिषद् विस्तार, शपथ ग्रहणमा पटक–पटक पत्रकारलाई ‘राेक’

 मंसिर २८, २०७८ मंगलबार १९:५०:५१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त पाँच मन्त्री र एक राज्यमन्त्रीले आज (मङ्गलवार) बेलुकी पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मकवानपुरका पत्रकारहरूलाई गेटबाहिर नै राखेर मन्त्रीहरूको शपथ ग्रहण गराउनुभयो । सरकारी मिडियाबाहेकका मिडियालाई प्रदेश प्रमुखको गेटबाहिर नै राखेर मन्त्री र राज्यमन्त्रीहरूको शपथ ग्रहण भएकाे हो । 

पत्रकारलाई बाहिर राखेर शपथ ग्रहण नगर्ने भनेर नवनियुक्त मन्त्रीहरूले भन्दा पनि अटेर गर्दै प्रदेश प्रमुखले पत्रकारलाई गेट भित्र छिर्न नै नदिएर शपथ ग्रहण गराउनुभएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आज नै पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । 

उहाँले सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरू घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्री नियुक्त गर्नुभएको हाे । यस्तै नेकपा (एकीकृत समाजवादी) का वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, वसुन्धरा हुमागाईँलाई कृषि तथा पशुपक्षी मन्त्रीकाे जिम्मेवारी दिइएको छ । नियुक्त भएलगतै प्रदेश प्रमुखको कार्यालयमा उहाँहरूलाई शपथ ग्रहण गराइएको हाे । यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्रीमा नेकपा (एस) की इन्द्रमाया गुरुङ नियुक्त हुनुभएको छ ।  

पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिलामन्त्री बनाउनुभएकाे थियाे ।

दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे । 

वाग्मतीमा मङ्सिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आठ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया