सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अभिनेत्री सुष्मिता सेनको सुपरहिट गीत ‘दिलबर’ एकपटक फेरि चर्चामा आएको छ । यो गीतको यस पटकको चर्चा मौलिक दिलबर गर्ल सुष्मिता सेनका कारण भएको छ । सुष्मिताले हालै उनको इन्स्टाग्राममा यो सुपरहिट गीतमा बेली डान्स गरेको भिडियो पोष्ट गरेकी छिन् ।
यस डान्सका माध्यमबाट अभिनेत्री सुष्मिता सेनले रिक्रियट गरिएको दिलबर गितकी डान्सर नोरा फतेहीलाई कडा टक्कर दिइरहेकी छिन् ।
‘दिलबर’ गीतको रिमेकमा नोरा फतेहीको बेली डान्स दर्शकले निकै मन पराएका थिए । साथै यो गीत यस वर्षको धेरै हिट गीत मध्येको एक बनेको थियो । नोरा फतेहीको डान्सको पनि निकै प्रशंशा भएको थियो ।
अभिनेत्री सुष्मिताले पनि नोराको प्रशंसा गरेकी थिइन् । तर अहिले सुस्मिता आफैंले आफ्ना गीतमा बेली डान्स गरेर भिडियो पोष्ट गरेर नोरालाई चुनौती दिएकी छिन् ।
सुष्मिता सेनको फिल्म ‘सिर्फ तुम’ को यस गीतलाई हालै निर्देशक मिलाप झावेरीले जोन अब्राहमको फिल्म ‘सत्य मेव जयते’ मा रिक्रियट गरेका थिए ।
यस गीतमा नोरा फतेहीले सुष्मिता सेनको पुरानो म्याजिकलाई पुनः दर्शकसामु पस्किएकी थिइन् । यो गीत यस वर्षको उत्कृष्ट रिक्रियट वर्जन बनेको छ ।
सुष्मिता सेनले यस गितको भिडियो शेयर गर्दै लेखेकी छिन ‘दिलबर सधंै विषेश रह्यो, निकै ध्यान दिएर भिडियो शुट गर्ने साथी श्रीयाजलाई ध्यान दिन नभुल्नुहोला । फाराह खान तिमीलाई सम्झीरहेकी छु ।’
पुरानो दिलबर गीतमा फाराह खानले कोरियोग्राफ गरेकी थिइन् । सुष्मिताले यस गीतको भिडियोबाट ‘दिलबर’ गीतकी मौलिक दिलबर गर्ल आफू नै रहेको कुरा सावित गरिदिएकी छिन् ।