काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झर्यो, चिसो अझै बढ्ने

 पुष १, २०७८ बिहीबार ७:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यो बिहान ६ बजे मापन गरिएको न्यूनतम तापक्रम हो ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे र पौने ९ बजे न्यूनतम तापक्रम मापन गर्दै आएको छ । चिसो बढेकाले पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस थियो । 

काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पहाडी क्षेत्रको मौसम आज आंशिक बद्ली हुने छ भने तराईका जिल्लामा दिउँसोको समयमा मौसम सफा रहने सम्भावना छ ।

यस्तै, काठमाण्डौमा पनि आज घाम लाग्ने अनुमान गरिएको छ । भोलिदेखि भने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली भइ त्यस क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

यो  प्रणालीका कारण आउँदाे दिनमा तापक्रम अझै घट्ने उहाँको भनाइ छ ।  पर्सि शनिवार बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । यो मौसमी प्रणालीका कारण पर्वतारोहण तथा यात्रा लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव लिएका छन्।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया