प्रचण्डद्वारा ओलीको आरोपकाे खण्डन : ज्ञानेन्द्रसँग सहमति गरेको भए प्रमाणित गर्न चुनौती

 पुष १, २०७८ बिहीबार १०:७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने ओलीको आरोप खण्डन गरी प्रमाणित गर्न चुनौती दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिनुभएको थियो ।

आज विज्ञप्ति निकालेर प्रचण्डले सहमति गरेको भए प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनुभएको छ । साथै उहाँले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको र लगानीकर्ताको हितमा रहेको दाबी पनि गर्नुभएको छ ।

विज्ञप्ति :

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया