२४ घण्टामा २ सय ७४ जनामा काेराेना सङ्क्रमण

 पुष २, २०७८ शुक्रबार १७:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार १६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७० जना निको भएका छन् । यही अवधिमा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले पाँच हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६ हजार पाँच सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड १४ लाख ४५ हजार एक सय ४५ डोज खोप प्रयोग भएकोमा ९५ लाख ३१ हजार दुई सय ५९ जनाले पूर्ण मात्रा र एक करोड १९ लाख १३ हजार आठ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया