चिसो बढ्यो : काठमाण्डौमा न्यूनतम तापक्रम यो वर्षकै कम २ दशमलव ६ डिग्री मापन

 पुष ३, २०७८ शनिबार १०:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ ।

आज बिहान न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो । अस्ति बिहीवार यो वर्षकै कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएकोमा आज ० दशमलव ६ डिग्री तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशका अरु ठाउँमा पनि आज न्यूनतम तापक्रम घटेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ । तराईमा हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । चिसोबाट बच्न आगो ताप्न, न्यानो लुगा लगाउन, झोलिलो तातो खान डाक्टरको सुझाव छ। तर न्यानोका लागि हिटर, कोइलालगायत बाल्दा जोखिम पनि हुने भएकाले सचेत रहनुपर्ने डा. धर्मागत भट्टराईले बताउनुभयो।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया