हेटाैेडाकाे भुटनदेवी माविबाट सुरु भयाे बालबालिकालाई खोप लगाउने अभियान

 पुष ४, २०७८ आइतबार १४:१७:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएर देशभर यस अभियानकाे शुभारम्भ गरिएको छ । यहाँ अध्ययनरत १२ देखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाएर अभियानकाे शुभारम्भ गिरएकाे हाे । 

आफूले नै विद्यार्थी जीवनमा अध्यापन गरेको भुटनदेवी माध्यामिक विद्यालयमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गर्दै नेपालभर बालबालिकालाई विद्यालयमै खोप लगाउने कार्यक्रमको शुभारम्भ  गर्नु भएको हो । 

नेपालभरिमै पहिलाे पटक हेटौंडालाई केन्द्र बनाएर बालबालिकालाई खोप दिने कार्यक्रमको सुरु गरिएको मन्त्री खतिवडाले बताउनुभयो । यो खोप कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनका लागि उहाँले आग्रह गर्नु भएको छ । विद्यार्थीहरुलाई सहज होस् भन्दै देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सम्पूर्ण विद्यार्थीहरुलाई खोप अनिर्वाय रहेको र सरकारसँग खोप पर्याप्त रहेकाे भन्दै आफ्नो घर, परिवार, छिमेकीहरुलाई समेत कोरोना विरुद्धको खोप लगाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थय मन्त्री निमा लामाले यस प्रदेशमा दुई लाख भन्दा धेर बालबालिकाले कोरोना विरुद्धको खोप लगाउने बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्याय लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया