गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ ।
हिजो खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो बेलुकासम्म सात सय मत गनिएको थियो ।
बाँकी मतगणना अघि बिहान १० बजेदेखि फेरि सुरु गरिएको हो ।
मत गणना कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् । यस्तै, अहिले खुला महिलातर्फको मतगणनासँगै मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ । मधेशी क्लस्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ।
पर्सिसम्ममा सबै मत गणना सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।