मिलन पाण्डे पक्षद्वारा 'विवेकशील साझा पार्टी सुदृढीकरण अभियान' घोषणा

 पुष ६, २०७८ मंगलबार १३:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवकेशील साझा पार्टीका राष्ट्रिय संयाेजक मिलन पाण्डे पक्षले पार्टी सुदृढीकरण अभियान घाेषणा गरेकाे छ ।

विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र ( २०७७) र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने प्रवक्ता हरीशप्रसाद भट्टले आज मङ्गलवार निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ ।

विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा विवेकशील साझालाई मध्य वामपन्थी पार्टीको रूपमा अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेपछि पार्टीमा अन्याेल सिर्जना भएकोमा हामी दुःखी छौँ । वैकल्पिक राजनीतिलाई पश्चगामी बाटोमा जान दिँदैनाैँ, पार्टीलाई मूलबाटोमा स्थापित गर्नेछाैँ र वैकल्पिक राजनीतिक अभियान र पार्टीलाई अझ सुदृढ गर्दै अगाडि बढाउनेछौँ, विज्ञप्तिमा उल्लेख छ । 

यस्तै याे समूहले केन्द्रीय सदस्य पनि थप गरेकाे छ । विवेकशील साझा पार्टीको अहिले कायम केन्द्रीय समितिलाई समेत समेटेर दुई सय एक सदस्यीय केन्द्रीय समिति बनाइएको विज्ञप्तिमा जनाइएकाे छ । 

अहिले विवेकशील साझामा रविन्द्र मिश्र र मिलन पाण्डेबीच आन्तरिक शक्ति सङ्घर्ष चलिरहेकाे छ । 

 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया