बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति

 पुष ६, २०७८ मंगलबार १६:२९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति सहमति भएको छ । चितवनको माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलाका नागरिकले जग्गा प्राप्तिको माग राखेर आन्दोलन गर्दै आएका छन् । 

आज मङ्गलवार बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत सङ्कलन र जग्गा जाँचको सूचना प्रकाशित गर्ने र लगत सङ्कलनको निवेदन दिएकै दिन जग्गा जाँचको निस्सा वितरण गर्ने, बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति भएको छ । 

यस्तै विद्युतीकरणका लागि बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ । 

यसैगरी सरल, सहज र सुलभ रूपमा खेती गर्न ट्र्याक्टर प्रयोग गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमति भएको छ । बाँदरझुलाका बासिन्दाको समस्या समाधान नभएपछि दबाब दिन उनीहरू अस्ति आइतवार काठमाण्डौ आएका थिए । राष्ट्रिय भूमि आयोगले अहिले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लगत सङ्कलन गरी जग्गाधनी पुर्जा वितरण गर्ने प्रयोजनार्थ आवश्यक कार्यविधि, कार्ययोजना र पूर्वतयारी गरिरहेको छ । आयोगले बाँदरझुलाका जनसमुदायको मागप्रति पनि विशेष ध्यानाकर्षण भएको जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया