नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

 पुस ६, २०७८ मंगलबार २०:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो ।

कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्ब रुपैयाँको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्ब रुपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै धेरैजसाे सूचकाङ्कले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले नागरिकमा जीवन बीमाको महत्त्वका बारे सचेतना जगाउने उद्देश्यका साथ आज मङ्गलवार पुस ६ गतेदेखि नेपालकै नं. १ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताउनुभयाे । अभियानमार्फत कम्पनीलाई याे उचाइसम्म पुर्‍याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्‍याएका शेयर होल्डर्स, कर्मचारी, अभिकर्तालगायत प्रत्यक्ष/परोक्षरूपमा भूमिका खेल्ने सरोकारवालाहरूलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयाे । 

याे योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया