राजनीतिक दलको उम्मेदवार वा प्रतिनिधि बन्ने शिक्षकलाई त्रिविले कारबाही गर्ने

 पुष ८, २०७८ बिहीबार १२:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।

आज सूचना निकालेर त्रिभुवन विश्वविद्यालयले  शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा उम्मेदवार नबन्न भनेको हो  ।

त्रिविले  कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा पालिकाको चुनावमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नु भन्दा १५ दिन पहिला नै विश्व विद्यालय सेवाबाट राजीनामा दिनु पर्ने व्यवस्थाको पनि ध्यानाकर्षण गराएको छ ।

तर, यो व्यवस्था बारे थाहा हुँदाहुँदै  पनि विश्वविद्यालयमा कार्यरत केही शिक्षक र कर्मचारी राजनीतिक दलको महाधिवेशन वा विधान अधिवेशन प्रतिनिधिको रुपमा भाग दिएको पाइएको त्रिविको सूचनामा उल्लेख गरिएको छ ।

विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी चुनाव वा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐनविपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी भएको प्रमाणित भए नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने त्रिविले चेतावनी दिएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया