कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालु र दोलखाको जिरी नगरपालिकाको सिमानामा बहने खिम्ती खोलामा निमार्णाधिन खिम्ती–२ जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको लागि आवश्यक पर्ने ८ किलोमिटर लामो सुरुङ मार्गमध्ये दुई सय मिटर मात्र खन्ने काम बाँकी रहेको छ । सुरुङ मार्ग चाँडै ब्रेक थ्रु अर्थात् छिचोल्ने गरी काम भइरहेको आयोजनाका सिभिलतर्फका हाई हिमालय हाईड्रो कम्पनीका कन्ट्रयाक्ट एण्ड विलिङ ईन्जिनियर क्रिपेश झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुङ निर्माणको लागि विभिन्न पाँच वटा सव–सुरुङमार्ग निर्माणको काम सम्पन्न भइसकेका छन् ।
खिम्ती–२ जलविद्युत आयोजनाको सिभिल तर्फको काम सन् २०२० सम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको थियो । कम्पनीले हाल सुरुङका साथसाथै बाँध निर्माण स्थल र उत्पादन गृहको कामसमेत एकै साथ गर्दै आएको छ ।
त्यस्तै आयोजना स्थलमा भवनलगायतका काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सिभिल तर्फको काम सम्पन्न गर्न कुल तीन अर्ब ८९ करोड रुपैयाँको लागतमा सम्झौता भएको थियो ।
दोलखा र रामेछापको बीच भएर बग्ने खिम्तीखोलाको पानीलाई दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुको सिउरानीनजिक बाँध निर्माण गरी सुरुङमार्फत दोलखाको तामाकोसी गाउँपालिकामा पर्ने हावामा निर्माण हुने पावर हाउसमा खसालेर ४८ दशमलव दुई मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
विद्युत् उत्पादनका लागि तीन वटा टर्वाइन जडान गरिनेछन् । जडान भएका हरेक टर्वाइनबाट १६ मेघावाट विद्युत् उत्पादन गर्नेछन् । आयोजनाबाट उत्पादित विद्युत् एक सय ३२ केभी प्रशारण लाईनमार्फत रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गर्जाङमा निर्माण भएको सब–स्टेशनमा लगेर राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य रहेको छ ।
खिम्तीखोलाको पानीबाट यसअघि तीन वटा जलविद्युत् आयोजना निर्माण भई विद्युत उत्पादनसमेत भइसकेका छन् ।
जसमा नर्वेजियनको लगानीमा निर्माण भएको खिम्ती १ जलविद्युत् आयोजनाबाट ६० मेघावाट, हिमालय उर्जा कम्पनीबाट १२ र सात मेघावाटका अपर खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट यसअघि नै विद्युत उत्पादनभई दुवै आयोजना राष्ट्रिय प्रशारणलाइनमा जोडिइसकेका छन् ।
माथिल्लो खिम्ती र अपर खिम्ती दुई वर्षअघि मात्र राष्ट्रिय प्रशारणमा जोडिएका थिए । त्यसैगरी खिम्ती १ जलविद्युत आयोजनाबाट २७ बर्ष अघिदेखि उत्पादन शुरू भएको थियो । यो आयोजना दुई वर्षअघि नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व हुने गरी व्यवस्थापकिय काम हुँदै आएको छ ।
तत्कालिन अवस्थामा अमेरिकी डलरमा विद्युत खरिद गर्ने सम्झौता गरेका कारण खिम्ती १ जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई महँगाे पर्दै आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।