एमालेमा हरेक दिन पहिराे गइरहेकाे छ, याे थामिँदैन : नेता खनाल

 पुष ८, २०७८ बिहीबार १९:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताउनुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताउनुभएको हो । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि याे पार्टी अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो ।

नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा (एकीकृत समाजवादी) को रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,  ‘अहिले नेकपा एमाले पनि सग्लो रहेन । अहिले विभिन्न ठाउँहरूमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन् । थामिनेवाला छैन । यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरे पनि त्यो अगाडि बढ्न सक्दैन ।’

नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गर्नुभयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया