एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसको एक सय ३४ पदका लागि भएको चुनावको मत गणना सकिएकाे छ । खस/आर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै एक सय ३४ पदका लागि भएको चुनावको सबै मत गणना सकिएकाे हो ।
आज बिहीवार बेलुका सम्पन्न मत गणनाअनुसार खस/आर्य खुलातर्फ सात पदका लागि भएको चुनावमा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ । निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।
त्यस्तै खस/आर्य महिलातर्फ ६ जनाका लागि भएको चुनावमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी हुनुभएको छ । गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी भएका हुन् ।
यस्तै आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि चुनाव भएकोमा खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको चुनावमा १४ जना संस्थापन समूहका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका हुन् । टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन् । बाँकी सात जना सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।
त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीताकुमारी राना र सुशीला थिङ रहेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
आज निर्वाचित भएकाहरूकाे मतसहितको विवरण भने कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरिसकेको छैन । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि सुरु भएको थियो । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।