रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चुनाव भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ ।
पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना हिजो सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार ४९१ मध्येबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र ११९ सदस्य गरी १३२ जनालाई निर्वाचित गरेका हुन् ।
प्रदेश-२ बाट आनन्द्रप्रसाद ढुंगाना र रमेश रिजाल भने सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भए । विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्नु भएकाे छ ।यसरी महाधिवेशनबाट १३५ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ ।
कांग्रेसले समानुपातिक समावेशी सिद्धान्तको उच्चतम अभ्यास गरेको भने पनि केन्द्रीय समितिमा खसआर्य समुदायको वर्चस्व देखिएको छ । समितिका १३५ जनामध्ये ७७ जना खस आर्य समुदायका छन् । केन्द्रीय समितिमा पुरुष ९४ जना र महिला ४१ छन् । अब सभापति शेरबहादुर देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनुहुनेछ।
यस्तै, धेरै जसो पुरानै अनुहार दोहोरिँदा पनि केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार अटाएका छन् । १३५ सदस्यीय वर्तमान केन्द्रीय समितिमध्ये ७९ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् ।
यसैबीच, सभापतिमा निर्वाचित शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि भाेलि पदभार ग्रहण गर्नुहुनेछ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई केन्द्रीय निर्वाचन समितिले भाेलि बिहान ११ बजे प्रमाणपत्र हस्तान्तरण गर्ने जनाएको छ । कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक भोलि बस्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।