वाग्मती प्रदेशका नवनियुक्त मन्त्री र राजयमन्त्रीले शपथ लिए

 पुस ९, २०७८ शुक्रबार १८:५०:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख यादव शर्माले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रवार बेलुकी शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । आज थपिएका मन्त्रीहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल रहनुभएको छ । यस्तै राज्यमन्त्रीहरूमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छ रहनुभएको छ ।

यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र चार जना राज्यमन्त्री गरी १८ जना मन्त्री भएका छन् । आज नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरू सत्तागठबन्धको दल नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका हुन् । मुख्यमन्त्री पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया