आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ : ओली

 पुष १०, २०७८ शनिबार १७:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताउनुभएको हो ।

अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताउनुभयो । आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफूहरुले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको एमालेको आरोप छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहनुभएको छ ।

एमाले अध्यक्ष ओलीले चुनावमा एमालेले बहुमत ल्याउने दावी पनि दोहोर्याउनुभयो । अमेरिकी सहयोग एमसीसीको बारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने ओलीको भनाइ छ । सरकारले एमसीसीको बारेमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै आफूहरुले पनि एमसीसीको बारेमा धारणा बनाउने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया