सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली

 पुस ११, २०७८ आइतबार १६:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको  छ ।

आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बताउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए । 

‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको छ । यहाँ सहभागी हुँदा पुराना दिन सम्झाना भयो’, गजुरेलले भन्नुभयो । 

प्रचण्डले बेला–बेला सबै पूर्वमाओवादी एक हुनुपर्छ भनेको सुन्दा खुसी लाग्ने गरेको बताउँदै गजुरेलले त्यसका लागि केही आधार हुनुपर्ने बताउनुभएको छ ।

‘हामी चाहन्छौँ नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ, हामीले लिएको लक्ष्य पूरा गर्न हामी सबै क्रान्तिकारी एक ठाउँमा हुनुपर्छ, तर त्यसका लागि केही आधार हुनुपर्छ’, उहाँले भन्नुभयो ।

‘यदि पूर्वमाओवादी एकजुट हुने हो भने यो महाधिवेशनले जनयुद्ध सुरु गर्नुअघिको केन्द्रीय कमिटीको बैठकमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । जनयुद्धकाे लक्ष्य अपूरो छ, नेपाललाई जनगणतन्त्रिक देश बनाउनुपर्छ । राष्ट्रिय स्वाधीनताको विषयमा महत्त्वपूर्ण निर्णय लिनुहोस् । एमसीसी खारेज गर्नुहोस् । नेपालले गुमाएका भू–भाग नक्सामा मात्रै नभइ व्यवहारमै नेपालले पाओस्, त्यसपछि एकताको कुरा गरौँ’, गजुरेलले थप्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया