दाङ : कैदी भागेकाे प्रकरणमा जेलर, असई र हवलदारविरुद्ध पक्राउ पुर्जी जारी

 पुस १२, २०७८ सोमबार १५:५०:११ | हेमराज शर्मा
unn.prixa.net

फरार कैदी परियार

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक (असई) र हवलदारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापर्बाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रसेन ठकुरी र प्रहरी हवलदार गणेशकुमार थारुका नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ का २९ वर्षीय यामराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा भगाइएको प्रहरीको निष्कर्ष छ ।

गएकाे बुधवार कारागारका नाइके परियारलाई उपचारका लागि प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर उनीहरू अस्पताल नगइ दुई जना महिलालाई लिएर होटलमा पुगेका थिए । होटलबाटै कैदी परियार भागेका हुन् ।

प्रहरीले प्रहरी जवान चौधरीसहित कारागारका कार्यालय सहयोगी, ती दुई महिला र होटल सञ्चालकलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया