अटाेमा छुटेकाे ७ लाख रुपैयाँ चालकले फिर्ता गरे

 पुस १२, २०७८ सोमबार २०:६:२४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् ।

घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज साेमवार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छाेड्नुभएकाे थियाे । छुटेकाे रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गर्नुभएकाे हाे । 

छुटेकाे रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएकाे हाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • अर्जुन थापा

    Dec. 28, 2021, 3:03 p.m.

    धन्न मगरको हातमा परेछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया