सोलुखुम्बु : खुम्बुको खरिखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्षले रकम हिनामिना गरेको आरोप

 पुस १३, २०७८ मंगलबार १२:७:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ मा सञ्चालित खरिखोला खानेपानी निर्माण उपभोक्ता समितिले रकमको दुरुपयोग गरेको आरोप लागेको छ ।

गाउँपालिकाको ७० लाख रुपैयाँको लागतमा २०७६ सालदेखि सुरु भएको आयोजनामा काम सुरु नै नगरि रकम हिनामिना गरेको उपभोक्ता समितिका सदस्यहरुले आरोप लगाएका हुन् । योजना सञ्चालनका लागि वडाका जनप्रतिनिधिको उपस्थितिमा २०७६ सालमा स्थानीय लाक्पा सोनाम शेर्पाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो ।

त्यही बमोजिम २०७६ साल असोज ८ गते आयोजनाको कार्य अघि बढाउन ७० लाखमध्ये ३५ लाख रुपैयाँ बराबर निकासा भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।

निकासा भएको यो रकमबाट काम सुरु गर्नुको सट्टा समितिका अध्यक्ष शेर्पाले एकलौटी तरिकाले झण्डै १० लाख रुपैयाँ बराबरको पाइप, तार, जाली लगायतका सामग्री खरिद गरी बाँकी रकमसहित सम्पर्कविहीन बनेको उपभोक्ता समितिका सचिव रामबहादुर थापा मगरको आरोप छ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया