चिडियाखानाले २६ औँ वार्षिकाेत्सव मनायाे

 पुस १४, २०७८ बुधबार २०:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औँ वार्षिकोत्सव मनाएको छ । 

कोषले आज बधुवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो । उहाँले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताउनुभयो ।

मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विकास गर्न सकिएन भने पनि जसरी चलेको छ त्यही रूपमा राख्न सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले  चिडियाखाना मुख्य चार वटा उद्देश्यले सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कोषले जङ्गली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताउनुभयो । कोषले जङ्गली जनावर तथा प्रकृति संरक्षणको विषय नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावेश गराएको बताउनुभयो । 

२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखानामा काम गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान तथा प्रमाणपत्र वितरणसमेत गरेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया