त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द

 पुस १४, २०७८ बुधबार १७:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।

यसैबीच हिजाे मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।

काठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् । अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया