कोरोना खोपको ‘अतिरिक्त डोज’ दिन सरकारले थाल्यो तयारी

 पुस १५, २०७८ बिहिबार १९:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोनाविरुद्धकाे खोपको अतिरिक्त डाेज दिने तयारी थालेको छ । खोप सल्लाहकार समितिको सुझावको आधारमा अतिरिक्त मात्रा खोप दिने तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कहिलेदेखि दिने भन्नेबारे भने निर्णय हुन बाँकी छ । तर तयारी थाल्न भने सम्बन्धित सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

सहप्रवत्ता अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त डाेज दिन लागिएको छ । जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआईभीका बिरामी रहेका छन् ।  

योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका वृद्धवृद्धालाई पनि अतिरिक्त डाेज दिने भनिएको छ । अतिरिक्त डाेजमा पहिले लगाएकै खोप दिइने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया