काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार बिहान सकिएको फाइनलमा उनले अर्जेन्टिनाका जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधि माथि कव्जा जमाएका हुन् । उनले ६–३, ७–६ तथा ६–३ ले सेट आफ्नो पक्षमा पारे ।
करियरको १४औं ग्राण्डस्लाम जितेका जोकोविचले पीट सेमप्रसासँगको बराबरी पनि गरेका छन् । सेमप्रास र जोकोविच सर्वाधिक ग्राण्डस्लाम जित्ने संयुक्त रुपमा तेस्रो खेलाडी बनेका हुन् ।
३१ वर्षीय जोकोविचले सिजनको शुरुआत भने राम्रो गर्न सकेका थिएनन् । जोकोविचले यसअघि सन् २०११ र २०१५ मा उपाधि जितेका थिए ।
जोकोविचसँग पराजित भएका डेल पोत्रोले स्न २००९ मा यूएस ओपनको उपाधि जितेका थिए । पोत्रोमाथि १५ औं जित दर्ता गरेका जोकोविचको ग्राण्डस्लामा भने पाँचौ जित हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।