जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान

 पुस २१, २०७८ बुधबार ६:५६:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ ।

डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।  नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको छ  । वर्षौं पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउने अनेक प्रयास गरे   पनि सफल नभएको तर अहिले आएर राम्रो काम भएको उहाँले बताउनुभयो ।  

सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामाग्री हटाएको र नापी गरी सकेपछि सडक अतिक्रमण गरी बनाएका थप संचरना भत्काउने तयारी रहेको बताउनुभयो । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनु पर्ने व्यवस्था छ । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । पछिल्लो समय फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् ।

अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ । जुम्ला बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहीमा पनि अतिक्रमण बढेकोले हटाउने अभियान गाउँ सम्म पुर्‍याइने सडक डिभिजनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया