फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहाैँ’

 पुष २१, २०७८ बुधबार १९:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – हिजाे मङ्गलवार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिवारसम्म नै वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आइतवारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ ।

पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ ।

अबका आउँदाे चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया