दैलेखमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 पुस २१, २०७८ बुधबार २०:१९:५८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ६ का कृष्ण रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक भगवतीमाई ६ कट्टीका २५ वर्षीय दीपक केसी भने फरार भएका छन् ।

दुर्घटनामा घाइते भएका आठमध्ये ६ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । 

चालकले गाडीकाे नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे प्रहरीले जनाएकाे छ। 

नाेट : यसअघि चालकले गाडीकाे नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया