लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ विद्यार्थी मारमा

 पुस २२, २०७८ बिहिबार १६:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा आज बिहीवार पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ ।

शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो । लोक सेवाको तालिका प्रभावित हुँदा विद्यार्थी भने समस्यामा परेका छन् ।  

पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था आएको छ । शाखा अधिकृतको अन्तर्वार्ता दिइसकेको दुई वर्ष भइसकेर दुई वटा नयाँ विज्ञापन खुल्दासमेत परीक्षाको टुङ्गो नलाग्दा विद्यार्थीमा मानसिक र आर्थिक समस्या भएको छ  ।

कतिपय पालिकामा कर्मचारीको अभावसमेत हुन थालेको छ । अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदारसहित प्राविधिकतर्फका विद्यालय निरीक्षक र कृषि सेवातर्फका पदमा समेत समस्या देखिन थालेको छ ।

सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरूले कानुनी उपचारमा गएसँगै सर्वोच्च अदालतबाट आएका अन्तरिम आदेशले नयाँ नियुक्तिका प्रक्रिया रोकिएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया