पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट' कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
आउँदो साेमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।
प्रधानमन्त्री देउवा आउँदो आइतवार काठमाण्डौबाट सिधै गुजरात जाने कार्यक्रम थियो । गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम पनि तय भएको थियो ।
समिट नहुने भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि रोकिएको लम्सालले बताउनुभयो ।