पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा सर्वोत्कृष्ट, भट्टराईलाई ल...
असार १९, २०७९ आइतबार
सप्तरी – सप्तरीकाे धर्मी हल्फा महिला विकास क्लबले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ । विगत केही दिनदेखि सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्याधिक चिसोबाट जोगिन मरिक (डोम) र सदा (मुसहर) समुदायलाई क्लबले कम्बल वितरण गरेको हाे ।
एक्कासि बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा समुदायमा र अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सीतापुर भुरकीका मरिक समुदायलाई एक/एक थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्यनारायण यादवले जानकारी दिनुभयो ।