लमजुङमा लोक गायक राजु परियार सम्मानित

 पुस २४, २०७८ शनिबार ८:३१:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लोक दोहोरी गायक राजु परियार लमजुङमा सम्मानित हुनुभएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिकामा रहेकाे कृषि क्याम्पस खेल मैदानमा हिजाे आयाेजित नेकपा एमाले जिल्ला सङ्गठन लमजुङको आठौँ जिल्ला अधिवेशनको अवसरमा गायक परियारलाई सम्मानित गरिएकाे हाे। 

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मानपत्र र फूलमालाले गायक परियारलाई सम्मानित गर्नुभएको हो ।

गायकीका माध्यमबाट लोक भाकालाई विश्वभर चिनाउन सफल परियारलाई अधिवेशनको अवसरमा सम्मानित गरिएको एमाले लमजुङका सचिव सुभाष पौडेलले जानकारी दिनुभयो ।

आफूलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै परियारले  जहाँ रहे पनि आफ्नाे जन्मभूमिको माया र याद मनमा भइरहने बताउनु भयाे । 

अधिवेशनको उद्घाटन कार्यक्रममा गायक परियारले साङ्गीतिक प्रस्तुति दिनुभएकाे थियाे भने नायिका तथा मोडल रोमी नेपालले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया