साफ च्याम्पियनसिप : नेपाल भर्सेस मालदिभ्स, यस्तो छ इतिहास

 भदौ २५, २०७५ सोमबार १४:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ । 

बुधबार हुने सेमिफाइनलका लागि नेपाली टिमले आज धनमुण्डी मैदानमा अभ्यास सकेको छ । हिजो पूर्ण रुपमा आराम गरेका खेलाडीले आज हल्का अभ्यास मात्र गरे । 

समग्रमा चौथो पटक सेमिफाइनल खेल्न लागेको नेपाली टिमका लागि माल्दिभ्स केही कमजोर देखिएको छ । समूह चरणको दुई खेलमा एक बराबरीका कारण माल्दिभ्स टसमा भाग्यमानी बन्दै सेमिफाइनलमा पुगेको हो । उसले श्रीलंकासँग गोलरहित बराबरीमा अंक बाँडेको थियो भने भारतसँग २–० को हार ब्यहोरोको थियो । 

माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा राम्रो आउनेमा नेपाली टिम तथा प्रशिक्षक ढुक्क छन् । प्रतियोगितामा माल्दिभ्सको प्रदर्शन त्यति राम्रो पनि देखिएको छैन । तर नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन । 

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । साफ च्याम्पियसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । 

समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् । नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएका छन् । नेपाल र माल्दिभ्स अन्तिम पटक सन् २०१२ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल भर्सेस माल्दिभ्स 

१९९९     नेपाल २    माल्दिभ्स ३
१९९९    नेपाल ०     माल्दिभ्स २
२००३    नेपाल २    माल्दिभ्स ३
२००८    नेपाल १     माल्दिभ्स ४
२००९    नेपाल १    माल्दिभ्स १
२०११    नेपाल १    माल्दिभ्स १
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bib.

    Sept. 10, 2018, 3:26 p.m.

    This time in our fabour.keep it up, it's for Nation.

  •  0 Reply

तपाईको प्रतिक्रिया