गभर्नरलाई सांसद माेदीकाे प्रश्न : ‘राष्ट्र बैंक र अर्थ मन्त्रालयकाे ट्युनिङ नमिलेकाे हाे ?’

 पुस २५, २०७८ आइतबार १७:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ट्युनिङ नमिलेकाे हाे भन्दै प्रश्न गर्नुभएकाे छ  ।

सांसद मोदीले विभिन्न समाचारमाध्यममा आएको समाचारलाई उद्धृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन प्रयास गरिरहेकाे भन्नेबारेमा पनि जवाफ माग्नुभएकाे छ । 

आज आइतवार सिंहदरबारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले माओवादीबाट मन्त्री बन्नुभएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनी गभर्नर अधिकारीसँग प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने स्थिति छ । त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नुभएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचारमाध्यमबाट समाचार पनि आउने गरेका छन् । तपाईँहरूको ट्युनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दा हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नुभएको छ भन्ने पनि छ समाचारमा । यसलाई कसरी सोच्नुभएको छ ? बजारमा त्यो पनि हल्ला छ । तपाईँहरूका ट्युनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ? के हो ?’

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sushil Bhandari

    Jan. 9, 2022, 7:58 p.m.

    अर्थशास्त्रको अ नजान्ने अर्थमन्त्री भएपछि कसरी ट्युनिंग मिल्छ त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया