राष्ट्रिय सभा चुनाव : उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

 पुस २५, २०७८ आइतबार १८:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  

आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।

आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।

त्यसैगरी राप्रपाका उम्मेदवारलाई हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारलाई साइकल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिह्न प्रदान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया