राष्ट्रिय सभा चुनाव : आजदेखि आचारसंहिता लागू

 पुस २६, २०७८ सोमबार ७:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका  लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते चुनाव हुन लागेको हो । त्यसका लागि प्रदेश-२ मा दुईवटा मतदान स्थल र अरु प्रदेशमा एक/ एक मतदानस्थल रहने निर्वाचन आयोगले जाएको छ । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य चुनावमा सहभागी हुने दलहरुलाई हिजो चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा  सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया